• Trending:

जुवा खेल्ने ६२ जना पक्राउ, नौं जनाविरुद्ध मुद्दा दर्ता

जुवा खेल्ने ६२ जना पक्राउ, नौं जनाविरुद्ध मुद्दा दर्ता

Economist Nepal

Mon, Kartik 7 2079

जुवा खेल्ने ६२ जना पक्राउ, नौं जनाविरुद्ध मुद्दा दर्ता


७ कार्तिक २०७९, सोमबार

juwa tas

काठमाडौं । नेपाल प्रहरीले काठमाडौँका विभिन्न स्थानमा जुवातास तथा कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा रु नौ लाख १२ हजार ८० नगदसहित ६२ लाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकामध्ये नौ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रहरीले जुवा खेल्नेबाट रु छ लाख २७ हजार दुई सय ७० नगद र १३ बुक तास तथा कौडा खेल्नेसँग रु दुई लाख ८४ हजार सात सय नगद र १६ थान कौडा बरामद गरेको हो । प्रहरीले तिहारको समयमा ठूलो हारजित हुने गरी जुवातास खेलेको थाहा पाएमा प्रहरीलाई खबर गर्न समेत आग्रह गरेको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.