• Trending:

भक्तपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

भक्तपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

Economist Nepal

Mon, Kartik 7 2079

भक्तपुरबाट लागूऔषधसहित दुई जना पक्राउ


७ कार्तिक २०७९, सोमबार

lagu

भक्तपुर । भक्तपुरको कमलविनायकबाट लागूऔषध बिक्री वितरण तथा ओसारपसार संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने बर्ष ३३ का रविन तामाङ र सोही स्थानमा घर भई हाल कमलविनायक नै बस्ने वर्ष ३४ की सुस्मिता खड्का रहेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको डेराकोठामा खान्तलासी गरी हेर्दा लागूऔषधसहित चोरी गरी राखिएका मोटरसाइकलको हेल्मेटसमेत फेला पारेकोे जनाएको छ । लागूऔषधसम्बन्धी कसुरमा उनीहरूलाई जिल्ला अदालत भक्तपुरमा पेस गरिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.