• Trending:

गठबन्धन साना दुःखले आर्जेको होइन, साझा उम्मेद्वारलाई जिताउनै पर्छ : माधव नेपाल

गठबन्धन साना दुःखले आर्जेको होइन, साझा उम्मेद्वारलाई जिताउनै पर्छ : माधव नेपाल

Economist Nepal

Mon, Kartik 7 2079

गठबन्धन साना दुःखले आर्जेको होइन, साझा उम्मेद्वारलाई जिताउनै पर्छ : माधव नेपाल


७ कार्तिक २०७९, सोमबार

Madhav Nepal 1 scaled
फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई जोगाउन ठूलो जोखिम मोल्नु परेको बताएका छन् ।

आज (सोमबार) काठमाडौंमा आयोजित गठबन्धनको वाग्मती प्रदेशस्तरीय भेलामा उनले त्याग, तपस्या धेरै गरेकाले गठबन्धन जोगिएको जिकिर गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘साना दुःखले आर्जेको गठबन्धन हैन यो । ठूलो त्याग, तपस्या गरेर, जोखिमको समाना गरेर ल्याएका हौं’, उनले भने, ‘सबै दलका नेताहरूले सहमति गरेर फाइनल गरेको साझा उम्मेदवारहरूलाई विजयी बनाउन जुट्नुपर्छ । यसो नभए प्रतिगमनकारीहरूको मनोबल बढ्छ ।’

city
ncll 2

उनले गठबन्धन पवित्र उद्देश्यका साथ स्थापना भएको बताए । ००७ साल, ०४६ तथा गणतन्त्रको आन्दोनलमा नेपाली कांग्रेस कम्युनिस्ट सँगसँगै मिलेर अघि बढेको उनले उल्लेख गरे । वितगमा पनि एक्लै हिँड्न खोज्दा असम्भव देखिएको परिवर्तन कम्युनिस्ट–कांग्रेस मिलेर सम्भव भएको उनले बताए ।

jagdamba.cement
nepal liquors

उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष समेत गरेका छन् । ‘ओली बयलगाडाको सिद्धान्तकार भएर देशघाती राप्रपासँग एकतामा होमिएको’ उनको भनाइ छ । उनले बयलगाडाको विषयमा किताब लेख्न सकिने भन्दै व्यंग्य गरे ।

‘बयलगाडाका सिद्धान्त र दर्शनशास्त्रमा बुद्धिजीवि साथीहरूले किताब लेख्न आवश्यक छ । त्यो दर्शनले देश कहाँ–कहाँ पुगेको छ’, उनले भने, ‘त्यो दर्शन अंगीकार गरे देशघाती र राप्रपाहरूसँग गठबन्धन र एकता हुन्छ ।’

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.