• Trending:

यस्तो रहने छ आगामी तीन दिनको मौसम

यस्तो रहने छ आगामी तीन दिनको मौसम

Economist Nepal

Tue, Kartik 8 2079

यस्तो रहने छ आगामी तीन दिनको मौसम


८ कार्तिक २०७९, मंगलवार

Bandipur Himal tppOkOgEhv

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । यी स्थानमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बुधबार प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

city
ncll 2

बिहीबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.