• Trending:

सिभिल बैंकको खुद नाफा ४१ करोड ५० लाख

सिभिल बैंकको खुद नाफा ४१ करोड ५० लाख

Economist Nepal

Tue, Kartik 8 2079

सिभिल बैंकको खुद नाफा ४१ करोड ५० लाख


८ कार्तिक २०७९, मंगलवार

1493878659 civil bank 1

काठमाडौं । सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा बैंकले ४१ करोड ५० लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसै अवधिको भन्दा ४२.२३प्रतिशत ले धेरै हो । गत वर्षको यही अवधिमा बैंकले २९ करोड १८ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यसअवधिसम्म सञ्चालन नाफा ३८ प्रतिशतले बढेर ५८ करोड ८४ लाख रुपैयाँमा पुगेको छ । गत वर्ष सो नाफा ४२ करोड ६४ लाख रुपैयाँ रहेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

खुद ब्याज आम्दानी पनि ६२।२१ प्रतिशतले बढेर १ अर्ब १५ करोड २९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको वृद्धिले खुद नाफा सुधार हुन पुगेको हो । बैंकको वितरणयोग्य नाफा ८६ करोड ३ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा २ अर्ब ४९ करोड रुपैयाँ जम्मा भएको छ ।

city
ncll 2

हाल यसको चुक्ता पुँजी ९ अर्ब ७ करोड ५८ लाख रुपैयाँ छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७८ पैसाले बढेर १८ रुपैयाँ २९ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५१ पैसा रहेको थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ९५ पैसा छ । सिभिल बैंक अहिले हिमालयन बैंकसँग गाभिने प्रक्रियामा रहेको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.