• Trending:

भाइटीकाको दिन कस्तो रहला मौसम ?

भाइटीकाको दिन कस्तो रहला मौसम ?

Economist Nepal

Wed, Kartik 9 2079

भाइटीकाको दिन कस्तो रहला मौसम ?


९ कार्तिक २०७९, बुधबार

Bandipur Himal tppOkOgEhv

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको मौसमविदले जनाएका छन् ।

आज (बुधबार) दिउँसो प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । यी तीन प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

भोलि (बिहीबार) भाइटीकाको दिन प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा शुक्रबार पनि हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.