• Trending:

डोजरको ठक्करबाट दैलेखमा एक पैदल यात्रीको मृत्यु

डोजरको ठक्करबाट दैलेखमा एक पैदल यात्रीको मृत्यु

Economist Nepal

Wed, Kartik 9 2079

डोजरको ठक्करबाट दैलेखमा एक पैदल यात्रीको मृत्यु


९ कार्तिक २०७९, बुधबार

dailekh oyWedPbVPs

दैलेख । दैलेखको भैरवी गाउँपालिकामा डोजरको ठक्करबाट एक जना पैदल यात्रीको ज्यान गएको छ । भैरवी गाउँपालिका–४ डाँडीमाडी बजारमा भएको घटनामा भैरवी गाउँपालिका–३ कुराँह गाउँका ३९ वर्षीय धनु खातुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए ।

शहीद गेटदेखि डाँडीमाडी खण्डको बाटो मर्मत गरी फर्केको भे १ क १६४२ नम्बरको डोजरले पैदल यात्री खातुनलाई ठक्कर दिएको र चालक प्रविणकुमार शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ठक्कर दिने डोजर भैरवी गाउँपालिकाको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.