• Trending:

सामाजिक कथामा सर्ट फिल्म ‘धुकधुकी’

सामाजिक कथामा सर्ट फिल्म ‘धुकधुकी’

Economist Nepal

Wed, Kartik 9 2079

सामाजिक कथामा सर्ट फिल्म ‘धुकधुकी’


Dhukdhuki

काठमाडौं । गीतकार तारा अधिकारीको लेखन र निर्देशन गरेको सट फिल्म ‘धुकधुकी’ सार्वजनिक भएको छ । फिल्ममा वृद्ध अवस्थामा बाबुआमाले आफ्नो सन्तानको साथ खोज्दा पनि नपाएको कथा समेटिएको छ ।

रोगले ग्रस्त बाबुको परदेशिएको छोराको मुख हेर्ने अन्तिम चाहना, तिहारमा दाजुलाई टीका लगाउने बहिनीको चाहना, श्रीमानसँगै सुखदुःख साट्ने श्रीमतीको चाहना र घरका सबैजनाको सुःख हेर्ने आमाको चाहना पूरा नभएको दृश्य फिल्ममा छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

फिल्ममा सुवास गजुरेल, हिउँवाला गौतम, किशोर विश्वकर्मा, बसुकला मैनाली, अन्सुल डाँगी, अनुजा अधिकारी, युवराज घिमिरे र बालकलाकार रियांसी थापाको अभिनय छ । फिल्ममा बाबुराम निरौलाको सहायक निर्देशन, शिव ढकालको छायांकन, नहकुल खड्काको सम्पादन, र प्रदीप श्रेष्ठको पाश्र्व संगीत छ ।

city
ncll 2

निर्देशक तारा अधिकारीको अफिसियल युट्युब च्यानल सुनौलो तारा मोसन पिक्चर्समा अपलोड गरिएको यो फिल्म चन्द्र विनायक फिल्मसमा पोस्ट प्रोडक्सन गरिएको हो ।गीत लेखन हुँदै म्युजिक भिडियो निर्देशनमा हात हालेकी अधिकारीको निर्देशन रहेको यो पहिलो लघु फिल्म हो ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.