• Trending:

फिलिपिन्समा ६.४ म्याग्निच्युडको भूकम्प

फिलिपिन्समा ६.४ म्याग्निच्युडको भूकम्प

Economist Nepal

Wed, Kartik 9 2079

फिलिपिन्समा ६.४ म्याग्निच्युडको भूकम्प


९ कार्तिक २०७९, बुधबार

phili
तस्वीर : रोयटर्स

काठमाडौँ । फिलिपिन्समा ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प जाँदा २६ जना घाइते भएका छन् । स्थानीय समय अनुसार मंगलबार राति १० बजेर ५९ मिनेट जाँदा उत्तरी फिलिपिन्सको डोलोर्स सहर नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

प्रहरीका अनुसार राष्ट्रपति फर्डिनान्ड मार्कोसको निवास रहेको प्रान्त इलोकोस नोर्टेमा कम्तीमा २६ जना घाइते भएका छन् । यस्तै भूकम्पको क्षतिका कारण प्रदेश राजधानी लाओगको अन्तर्राष्ट्रिय विमानस्थल बुधबार अस्थायी रूपमा बन्द गर्न आदेश दिइएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस्तै बुधबार परकम्पहरू जानसक्ने भन्दै विज्ञ तथा सरकारी अधिकारीहरूले सचेत रहन नागरिकहरूलाई आग्रह गरेका छन् । राष्ट्रपति फर्डिनान्ड मर्कोसले पनि ट्विट गर्दै परकम्प आउन सक्ने भएकाले नागरिकहरूलाई अग्ला भवन अगाडि नबस्न र सचेत रहन सुझाव दिएका छन् ।

city
ncll 2

भूकम्पका कारण काग्यान प्रान्तस्थित भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । यहाँका दुई सहरमा विद्युत बन्द हुनुका साथै पुल र सडक भत्किएका छन् । यस्तै अब्रास्थित ला पाज सहरमा सय वर्ष पुरानो चर्च भत्किएको बताइएको छ ।

jagdamba.cement
nepal liquors

यसैबीच भूकम्पको केन्द्रबिन्दुभन्दा ६० किलोमिटर दूरीमा पर्ने बाटाक सहरस्थित २०० शय्याको मारियानो मार्कोस मेमोरियल अस्पतालमा भूकम्पको क्षति पुग्दा बिरामीहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.