• Trending:

बायर्नसँग पराजित हुँदै बार्सा समूह चरणबाटै ‘आउट’

बायर्नसँग पराजित हुँदै बार्सा समूह चरणबाटै ‘आउट’

Economist Nepal

Thu, Kartik 10 2079

बायर्नसँग पराजित हुँदै बार्सा समूह चरणबाटै ‘आउट’


१० कार्तिक २०७९, बिहीबार

barca HqlJpEaudY

काठमाडौं । घरेलु मैदानमा बायर्न म्युनिखसँग पराजित हुँदै बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा बार्सा ३–० गोलले पराजित भएको हो ।

पहिलो हाफमा साडियो माने र एरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । बार्सिलोनाले पहिलो हाफको अन्त्यतिर पेनाल्टी पाए पनि भिडियो एसिस्टेन्ट रेफ्रीले सो निर्णयलाई उल्टाएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
Barcelona1 YMwzZghpd5

दोस्रो हाफमा सर्जी ग्नाब्रीको गोल पनि अफसाइड भन्दै रद्द गरिएको थियो । तर ग्नाब्रीकै पासमा इन्जुरी समयमा बेन्जामिन पाभार्डले गोल गर्दै बायर्नलाई सहज जीत दिलाए । खेलमा ग्नाब्रीले तीनवटै गोलको अवसर सिर्जना गरेका थिए ।

city
ncll 2

उता, इन्टर मिलानले भिक्टोरिया प्लेजेनलाई ४–० गोलले हराउँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । इन्टरको जीतमा एडिन जेको दुई तथा हेनरिक मिखितारियन र रोमेलु लुकाकुले एक–एक गोल गरे ।

jagdamba.cement
nepal liquors

समूह सीमा बायर्न १५ अंकसहित शीर्ष स्थानमा रह्यो भने इन्टर १० अंक सहित दोस्रो स्थानमा रहन सफल भयो । बार्सिलोनाले ४ अंक बटुल्दा भिक्टोरियाले कुनै पनि अंक बटुल्न सकेन । बार्साले अब युरोपा लिग खेल्नुपर्नेछ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.