• Trending:

बसले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु, बसमा आगजनी

बसले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु, बसमा आगजनी

Economist Nepal

Thu, Kartik 10 2079

बसले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु, बसमा आगजनी


१० कार्तिक २०७९, बिहीबार

Dhanding Accident

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
काठमाडौंबाट सिराहाका लागि छुटेको बागमती प्रदेश ३ ००१ ख ०७२२ नम्बरको यात्रुबाहक बसले गल्छी गाँउपालिका–७ स्थित खेस्टेखोला पुल नजिकै विपरीत दिशाबाट आउँदै गरेको बा. ९२ प २३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकल चालक थाँक्रे गाउँपालिका–११ का २६ वर्षीय सुनिल थापाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

दुर्घटनामा परी मोटरसाइकलमा सवार अर्का ३४ वर्षीय रमेश लामा घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी श्यामबहादुर खत्रीले जानकारी दिए । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आक्रोशित स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.