• Trending:

पाकिस्तान जिम्बावेसँग पनि पराजित

पाकिस्तान जिम्बावेसँग पनि पराजित

Economist Nepal

Fri, Kartik 11 2079

पाकिस्तान जिम्बावेसँग पनि पराजित


११ कार्तिक २०७९, शुक्रबार

world cup t20 pakistan zimbabwe

काठमाडौं । अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानलाई लगातार दोस्रो झड्का लागेको छ । पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले बिहीबार भने नमिठो हार बेहोरेको छ ।

अप्रत्याशित प्रदर्शन गर्दै पाकिस्तानले कमजोर टिम जिम्बावेसँग हार बेहोरेको हो । पाकिस्तान एक रनले पराजित भयो । पर्थमा भएको खेलमा पहिले ब्याटिङ गरेको जिम्बावेले ८ विकेटको क्षतिमा १३० रन बनायो । सिन विलियम्सले सर्वाधिक ३१ रन बनाएको इनिङ्समा पाकिस्तानका मोहम्मद वासिमले ४ तथा शदाब खानले ३ विकेट लिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जवाफमा पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रनमात्र बनाउन सक्यो । शान मसुदले ४४ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । प्लेयर अफ द म्याच सिकन्दर रजानले २५ रन दिएर ३ विकेट लिए । यो हारसँगै पाकिस्तान पुछारबाट दोस्रो स्थानमा छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.