• Trending:

ताप्लेजुङमा आगलागीबाट लाखौंको क्षति

ताप्लेजुङमा आगलागीबाट लाखौंको क्षति

Economist Nepal

Fri, Kartik 11 2079

ताप्लेजुङमा आगलागीबाट लाखौंको क्षति


११ कार्तिक २०७९, शुक्रबार

fire

फुङ्लिङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एउटा घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो ।

बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको तामाङले जाकारी दिए । प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको छ । आगलागीको कारण खुल्न नसकेको वडाध्यक्ष तामाङले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.