• Trending:

एमाले अध्यक्ष ओली चार दिन आफ्नो निर्वाचन क्षेत्र झापा दमकमा व्यस्त

एमाले अध्यक्ष ओली चार दिन आफ्नो निर्वाचन क्षेत्र झापा दमकमा व्यस्त

Economist Nepal

Fri, Kartik 11 2079

एमाले अध्यक्ष ओली चार दिन आफ्नो निर्वाचन क्षेत्र झापा दमकमा व्यस्त


११ कार्तिक २०७९, शुक्रबार

kp oli 2
फाइल फोटो

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चार दिनसम्म झापामा रहने भएका छन् । आगामी ४ मंसिरको निर्वाचनको तयारीका लागि अध्यक्ष ओली चार दिनसम्म झापामा रहने भएका हुन् । जसअनुसार आफनो निर्वाचन क्षेत्रसहितका १३ वटा स्थानीय तहमा ओलीले सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

आजै अध्यक्ष ओलीले आजै क्षेत्र नं ५ को दमकमा आयोजना हुने दुई वटा भेटघाट तथा भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरी अध्यक्ष ओलीले अपरान्ह ४ बजे क्याम्पस मोडमा दमकस्थित पशुपति मन्दिरमा वडा नं ६ र ७ का मतदाताहरुसँग अन्तरक्रिया र सम्बोधन गर्नेछन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उता १४ कात्तिक विहान ११ बजे कमल गाउँपालिकाको क्याम्पा बजारमा आयोजना हुने भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.