• Trending:

मोटरसाईकल दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु, दुई घाइते

मोटरसाईकल दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु, दुई घाइते

Economist Nepal

Fri, Kartik 11 2079

मोटरसाईकल दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु, दुई घाइते


११ कार्तिक २०७९, शुक्रबार

accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

अर्घाखाँची । अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा निर्माणाधिन विमानस्थल नजिकै मोटरसाइकल दुर्घटनामा परुी दुई जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

सन्धिखर्क नगरपालिका वडा नं १० शिखरबार्नीमा निर्माणाधीन विमानस्थलको रनवेमा मोटरसाइकल चलाउने क्रममा गए राति अनियन्त्रित भई दुई मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रदेश नम्बर २–०३८–प–५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका–१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले बताए ।

city
ncll 2

अर्को बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क २ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन् । घाइतेको बुटवलमा रहेको मर्सिसिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीको भनाइ छ । मोटरसाइकल ओभर स्पिडका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिजालले जानकारी दिए ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.