• Trending:

सानिमा ग्रोथ फन्ड कात्तिक १६ गतेबाट खुला हुने

सानिमा ग्रोथ फन्ड कात्तिक १६ गतेबाट खुला हुने

Economist Nepal

Fri, Kartik 11 2079

सानिमा ग्रोथ फन्ड कात्तिक १६ गतेबाट खुला हुने


११ कार्तिक २०७९, शुक्रबार

sanima capital Copy

काठमाडौं । सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गर्ने भएको छ । यसले सानिमा ग्रोथ फन्डको कुल १२ करोड इकाई निष्काशन गर्न लागेको हो ।

जसमध्ये १ करोड ५६ लाख इकाई वा कुल बिक्री भएको इकाईको १३ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटललाई छुट्टाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गर्न लागिएको योजना व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ । यसमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा कात्तिक ३० गतेसम्म खुला रहनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.