• Trending:

अफगानिस्तान र आयरल्याण्डबीचको खेल बर्षाले रद्द

अफगानिस्तान र आयरल्याण्डबीचको खेल बर्षाले रद्द

Economist Nepal

Fri, Kartik 11 2079

अफगानिस्तान र आयरल्याण्डबीचको खेल बर्षाले रद्द


११ कार्तिक २०७९, शुक्रबार

ireland vs afganistan1666938035

काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा शुक्रबार तय भएको आयरल्याण्ड र अफगानिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ । मेलबर्न क्रिकेट मैदानमा हुने तय भए पनि वर्षाका कारण खेल टससमेत नभएर रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टिमले एक–एक अंक बाँडेका छन् ।

सुपर–१२ समूह–१ मा रहेको आयरल्याण्ड तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट दुई अंक जोडेको अफगानिस्तान तालिकाको पुछारमा छ । समूहबाट शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।
वर्षाका कारण टससमेत नभई रद्द भएको यो दोस्रो खेल हो । यसअघि बुधबार हुने भनिएको अफगानिस्तान र न्युजिल्याण्डबीचको खेल पनि वर्षाका कारण टससमेत नभई रद्द भएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यसअघि, सोमबार जिम्बाब्वे र दक्षिण अफ्रिकाबीचको खेल पनि वर्षाका कारण बीचमा रद्द हुँदा बुधबार आयरल्यान्डले इङ्ल्याण्डलाई डी÷एल पद्धतिअनुसार पाँच रनले पराजित गरेको थियो । आजै हुने दोस्रो खेलमा साविक विजेता अस्ट्रेलिया र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । मेलबर्न क्रिकेट मैदानमै हुने यो खेल दिउँसो ०१ः४५ बजेदेखि सुरु हुनेछ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.