• Trending:

डलरको तुलनामा युरो मजबुत

डलरको तुलनामा युरो मजबुत

Economist Nepal

Fri, Kartik 11 2079

डलरको तुलनामा युरो मजबुत


११ कार्तिक २०७९, शुक्रबार

doller euro

काठमाडौं । लगातार उकालो लाग्दै आएको अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपेली देशको साझा मुद्रा युरो भने केही मजबुत देखिएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिद मूल्य एक सय ३१ रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै बिक्री मूल्य एक सय ३२ रुपेयाँ २९ पैसा रहेको छ ।

युरोको भने खरिद मूल्य एक सय ३२ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्री मूल्य एक सय ३२ रुपैयाँ ७८ रहेको छ । यस आधारमा अमेरिकी डलरभन्दा झिनोरुपमा युरो अगाडि रहेको छ । बिहीबार पनि अमेरिकी डलरको तुलनामा युरो नै मजबुत देखिएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पछिल्ला दिनमा लगातार अमेरिकी डलरको मूल्यमा देखिएको वृद्धिले घरेलु अर्थतन्त्रमा दबाव परेको थियो । आयातमा केन्द्रित रहेको अर्थतन्त्रमा डलरको मूल्य बढ्दा नकारात्मक प्रभाव देखिएको छ । विप्रेषणलगायत केही क्षेत्रमा सकारात्मक प्रभाव पर्ने भए पनि अधिकांश माल वस्तु आयात हुने देशमा त्यसले नकारात्मक असर पर्ने अर्थतन्त्रका जानकारको भनाइ छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.