• Trending:

साइक्लिङले पर्यटन प्रवर्द्धनमा सहयोग गरेको छ : गृहमन्त्री खाँण

साइक्लिङले पर्यटन प्रवर्द्धनमा सहयोग गरेको छ : गृहमन्त्री खाँण

Economist Nepal

Sat, Kartik 12 2079

साइक्लिङले पर्यटन प्रवर्द्धनमा सहयोग गरेको छ : गृहमन्त्री खाँण


१२ कार्तिक २०७९, शनिबार

cycle 1

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले साइक्लिङले आन्तरिक पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणमा सहयोग पुगेको बताएका छन् ।

रुपन्देहीको भैरहवादेखि तनहुँ जाँदै गरेका साइकल यात्रीलाई हरियो झण्डा फहराएर बिदाइ गर्ने क्रममा गृहमन्त्री खाँणले हरेक मानिसलाई स्वस्थ राख्न पनि साइक्लिङले सहयोग पुग्ने बताए । साइकल सिटी सिद्धार्थनगरले साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भैरहवादेखि तनहुँको मानुङकोटसम्मको चार दिने साइकल यात्रा सुरु गरेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
cycle 2

‘एकातिर पर्यटन प्रवर्द्धन हुन्छ भने अर्कोतिर बढ्दो वायुप्रदूषण रोक्न सहयोग पुगिरहेको छ,’ खाँणले भने, ‘यस्तो महत्वपूर्ण साइक्लिङलाई सबैले सम्वर्द्धन र प्रवर्द्धन गर्नुपर्छ ।’ गृहमन्त्री खाँणले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर सरकारले साइकल लेन बनाउन बजेट विनियोजन गर्न कुनै कन्जुस्याइँ नगर्ने जनाए ।

city
ncll 2
cycle

आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादन प्रवर्द्धनका साथै नगर तथा राष्ट्रमा साइकल लेन निर्माणमा सम्बधित निकायको ध्यानाकर्षण गर्दै साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भैरहवा देखि तनहुँको (रम्भा –मानुङकोटको) चार दिने साइकल यात्रा’ को सुरुवात गरिएको यात्राका संयोजक राजेश खरेलले जानकारी दिए । उनका अनुसर भैरहवाबाट सुरु भएको यात्रा पाल्पा रामपुर हुँदै तनहुको मानुङकोट पुग्ने छ । यात्रामा १६ जना साइकलल यात्री सहभागी रहेका छन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.