• Trending:

बर्दियाका किसानलाई धान भित्र्याउन चटारो

बर्दियाका किसानलाई धान भित्र्याउन चटारो

Economist Nepal

Sat, Kartik 12 2079

बर्दियाका किसानलाई धान भित्र्याउन चटारो


१२ कार्तिक २०७९, शनिबार

Dhan 3
फाइल फोटो

बर्दिया । बर्दियाको बबई र कर्णाली नदीमा आएको बाढीले क्षति पुर्‍याएको धान भित्र्याउन राजापुर नगरपालिका–२ का ५८ वर्षीय सन्तोष थारूलाई एक छिन फुर्सद छैन । तिहार सकिएलगत्तै उनलाई अहिले पाकेको धान भित्र्याउने चटारो भएको हो ।

यस्तै गेरुवा गाउँपालिका–५ गिदरपुरकी भूमिसरा चलाउने पनि परिवारसहित दसैंको बेला आएको वर्षाले ढलेको र भिजेको धान काटन व्यस्त छिन् । फेरि पानी परेर धान नष्ट नहोस् भन्दै परिवारसहित पाकेको धान भित्र्याउन भ्याइनभ्याइ भएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

गत वर्ष पनि धान काट्ने बेला कात्तिक २ गते आएको बढीले ठूलो क्षति पुर्‍यायो । क्षतिको विवरण लिएर गए पनि धानको क्षतिपूर्ति नदिइएको गेरुवा गाउँपालिका–२का सञ्जय आचार्यले गुनासो गरे । यस वर्ष पनि सहयोग नपाएको उनको भनाइ थियोे ।
मानो छरेर मुरी भित्र्याउने समय भएकाले निर्वाचनको चहलपहललाई बेवास्ता गर्दै र सबै काम छाडेर पाकेको धानबाली भित्र्याउन जुटेको मधुवन नगरपालिका–२ ओराली बजारका रामपाल चौधरीले बताए ।

city
ncll 2

उनले भने, ‘गत वर्ष वर्षातले सबै बाली सखाप पारेको थियो फेरि पनि वर्षा हुन्छ भन्ने डरले धानबाली भित्र्याउन बिहानदेखि बेलुकीसम्म खटिनु परेको छ ।’ गुलरिया, मधुवन, राजापुर, गेरुवा र बारबर्दियामा छ हजार बिघा धानबालीमा क्षति पुगेको एकीकृत कृषि तथा पशुपंक्षी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.