• Trending:

दुई बालिकाको मृत्यु, तीन जना गम्भीर घाइते

दुई बालिकाको मृत्यु, तीन जना गम्भीर घाइते

Economist Nepal

Sat, Kartik 12 2079

दुई बालिकाको मृत्यु, तीन जना गम्भीर घाइते


१२ कार्तिक २०७९, शनिबार

dead
सांकेतिक तस्वीर

कालीकोट । कालीकोटमा बम बिष्फोट हुँदा दुई बालिकाको ज्यान गएको छ । तिलागुफा नगरपालिकामा आइतबार बिहान भएको विष्फोटमा परी तीन जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा तिलागुफा नगरपालिका–१० की ४ वर्षीया झरना थापा र ४ वर्षकी सरस्वती राना रहेका छन् । घाइते हुनेहरुमा ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा र ३ वर्षकी सपना थापा रहेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

घाइतेहरुको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई सेनाको हेलिकप्टरबाट उपचारका लागि सुर्खेतको प्रादेशिक अस्पतालमा ल्याइएको छ । स्थानीय कोदोबारीमा भेटिएको बम बालबालिकाले चलाउँदा बिष्फोट भएको प्रहरीले जनाएको छ । बम जनयुद्वको समयमा राखिएको हुन सक्ने बताइएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

city
ncll 2

पाँच बालबालिका खेलिरहेको अवस्थामा एक्कासी बम विष्फोट भएको प्रहरीको भनाइ छ । खेल्न गएका बालबालिकाको साथमा हसिया रहेको खुलेको डीएसपी जयश्वर रिमालले जानकारी दिए । बम विस्फोट भएको जमिनमा प्वाल परेको छ र नजिकै दुई वटा बमका टुक्रा भेटिएको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.