• Trending:

बालिका बलात्कार गरी फरार व्यक्ति १० वर्षपछि पक्राउ

बालिका बलात्कार गरी फरार व्यक्ति १० वर्षपछि पक्राउ

Economist Nepal

Sat, Kartik 12 2079

बालिका बलात्कार गरी फरार व्यक्ति १० वर्षपछि पक्राउ


१२ कार्तिक २०७९, शनिबार

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा ९ वर्षीया बालिकालाई १० वर्षअघि जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।

वि.स. २०६९ साल कात्तिक २६ गते शितगंगा नगरपालिका–६ साविक जुकेना गाविस– ७ का शालिकराम थापाले स्थानीय ९ वर्षीया कमला थापा (नाम परिवर्तन) लाई जबरजस्ती करणी गरी फरार रहेका थिए । थापालाई २०६९ कात्तिक २६ गते हाडनातामा जवरजस्ती करणी गरेको आरोपमा २०७२ मंसीर २६ गते जिल्ला अदालत अर्घाखाँचीले १५ वर्ष कैद सजाय सुनाएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त थापा १० वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख मुकुन्द रिजालले बताए । शितगंगा नगरपालिका–४ चाक्लामा लुकीछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी निरीक्षक होमनाथ रेग्मीसहितको टोलीले पक्राउ गरेको हो ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.