• Trending:

भतिजाको खुकुरी प्रहारबाट काकाको घटनास्थलमै मृत्यु

भतिजाको खुकुरी प्रहारबाट काकाको घटनास्थलमै मृत्यु

Economist Nepal

Sat, Kartik 12 2079

भतिजाको खुकुरी प्रहारबाट काकाको घटनास्थलमै मृत्यु


१२ कार्तिक २०७९, शनिबार

dead
सांकेतिक तस्वीर

खोटाङ । खोटाङमा भतिजाको खुकुरी प्रहारबाट काकाको मृत्यु भएको छ । वादविवादका क्रममा शनिबार ४३ वर्षका भतिजा पत्थरमान राईले खुकुरी प्रहार गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला हाँवुभञ्ज्याङका ५९ वर्षीय काका मानबहादुर राईको मृत्यु भएको हो ।

खुकुरीले गर्दनमा लागेका राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले बताए । मादक पदार्थले मातेर काकालाई खुकुरी प्रहार गर्ने पत्थरमानलाई प्रहरीले पक्राउ गरेको छ । घट्नापछि काकालाई खुकुरी प्रहार गरेको भन्दै खुकुरी बोकेर आफन्तलाई सुनाउँदै हिँडेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

काका भतिजाको आँगन एउटै छ । घट्ना भने भतिजा पत्थरमानको घरको सिकुवामा भएको हो । परिवारका सदस्य बाहिर रहेका मानबहादुर घरमा एक्लै बस्दै आएका थिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.