• Trending:

सिरहामा नवजात शिशुको शव फेला

सिरहामा नवजात शिशुको शव फेला

Economist Nepal

Sat, Kartik 12 2079

सिरहामा नवजात शिशुको शव फेला


१२ कार्तिक २०७९, शनिबार

death scaled

सिराहा । सिरहामा खोलामा फालिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । सिराहाको गोलबजार नगरपालिका–८ स्थितको मैनावती खोलामा महिना पुगिसकेको जस्तो देखिने शिशु (छोरा) को शव शनिबार बिहान फेला परेको हो ।

छठपर्वको लागि मैनाबती खोलामा घाट निर्माण गर्न पुगेका स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खवर गरेको थियो । खबर पाएपछि तत्काल पुगेको प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागि शव प्रादेशिक अस्पताल लहान पठाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले जानाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अवैध सम्बन्धका कारण गर्भ रहेकाले लोकलाजका कारण शिशु फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले भने घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.