• Trending:

तीन प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

तीन प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

Economist Nepal

Sun, Kartik 13 2079

तीन प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना


१३ कार्तिक २०७९, आईतवार

kuhiro baglung e1609730594362

काठमाडौं । तीन वटा प्रदेशका पहाडी भूभागका केही क्षेत्रमा आज (आइतबार) हल्का वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश–१, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश–१ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ । सोमबार पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । प्रदेश–१, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मुलुकमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.