• Trending:

पाल्पाबाट मनकामना आउँदै गरेको बस दुर्घटना, पाँच जनाको मृत्यु

पाल्पाबाट मनकामना आउँदै गरेको बस दुर्घटना, पाँच जनाको मृत्यु

Economist Nepal

Sun, Kartik 13 2079

पाल्पाबाट मनकामना आउँदै गरेको बस दुर्घटना, पाँच जनाको मृत्यु


१३ कार्तिक २०७९, आईतवार

accident 2

बुटवल । पाल्पाबाट गोरखाको मनकामनाका आउँदै गरेको बस दुर्घटनामा पर्दा पाँच जनाको ज्यान गएको छ । मनकानमना दर्शन गर्न हिंडेका भक्तजन बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । डेढगाउँ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार अहिले उद्धार गर्ने क्रम जारी छ ।

ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । बसमा सवार ३० जनाको उद्धार गरिएको उनले बताएका छन् । त्यसमध्ये घाइते २५ जनाको उद्दार गरी चितवन ल्याउने तयारी भइरहेकोेपड उनले जानकारी दिए । घटनाको थप विवरण भने आउन बाँकी भएको उनले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.