• Trending:

प्राइम कमर्सियल बैंकको नाफा घट्यो

प्राइम कमर्सियल बैंकको नाफा घट्यो

Economist Nepal

Sun, Kartik 13 2079

प्राइम कमर्सियल बैंकको नाफा घट्यो


१३ कार्तिक २०७९, आईतवार

prime bank

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम कमर्सियल बैंकको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा १०.६१ प्रतिशतले घटेर ८७ करोड ४१ लाख ७० हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ९७ करोड ७९ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा इम्पेरिमेन्ट चार्ज बढेकाले र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

एक वर्षको अवधिमा खुद ब्याज आम्दानी भने बढेको छ । खुद ब्याज आम्दानी ३४.४९ प्रतिशतले बढेर १ अर्ब ८८ करोड ५३ लाख २८ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५० पैसाले घटेर ११ रुपैयाँ ८२ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ४५ पैसा छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.