• Trending:

माओवादीले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

माओवादीले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

Economist Nepal

Sun, Kartik 13 2079

माओवादीले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

Naya Page

माओवादीले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको सो पार्टीले जनाएको छ ।

माओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने जानकारी दिएको छ । यसअघि माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा आफ्नो धारणा राख्दै आएको भएपनि संविधान निर्माणको क्रममा सहमति खोज्न भन्दै संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री प्रणाली स्वीकार गरेको थियो ।

विसं २०७४ को निर्वाचनमा राजनीतिक स्थिरताका लागि भन्दै वामगठबन्धन गरेर झण्डै दुई तिहाई जनमत प्राप्त गरे पनि दुई–दुई पटक प्रतिनिधिसभा विघटन भएकाले शासकीय प्रणालीमा सुधार जरुरी रहेको प्रसङ्ग माओवादीले प्रतिबद्धतापत्रमा राखेको सो पार्टीले जनाएको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.