• Trending:

रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु

रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु

Economist Nepal

Mon, Kartik 14 2079

रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु


१४ कार्तिक २०७९, सोमबार

accident 2

रुपन्देही । रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिंदा ओमसतिया गाउँपालिका–४ पननीकी १४ वर्षीया सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् । छठ घाटमा हिँडेका उनीहरुलाई कारले ठक्कर दिएको हो । ठक्कर दिएर फरार भएको कारको खोजी भइरहेको प्रहरीले बताएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.