
काठमाडौं । नेकपा माओवादी (केन्द्र) ले गरिबिको रेखामुनि रहेका जनतलाई बिना धितो ऋण दिने घोषणा गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई घोषणापत्र जारी गर्दै माओवादीले पाँच लाखसम्मको ऋण बिना धितो दिने घोषणा गरेको हो ।
यसरी बिना धितो दिइने ऋणको ब्याजदर २ प्रतिशत हुने समेत माओवादीको घोषणापत्रमा उल्लेख छ । यसअनुसार सञ्चालित व्यवसायको बिमा गर्दा प्रिमियममा ९० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरिने समेत घोषणापत्रमा उल्लेख छ ।
Comments
Related News




