• Trending:

दुई सशस्त्र प्रहरी नायव निरीक्षक निलम्बन

दुई सशस्त्र प्रहरी नायव निरीक्षक निलम्बन

Economist Nepal

Tue, Kartik 15 2079

दुई सशस्त्र प्रहरी नायव निरीक्षक निलम्बन


१५ कार्तिक २०७९, मंगलवार

apf

काठमाडौं । आचारण विपरित काम गर्ने दुई सशस्त्र प्रहरी नायव निरीक्षक निलम्बन परेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक कृष्णबहादुर मगरलाई निलम्बन गरिएको हो ।

उनीहरुलाई निलम्बन गरी विभागीय कारवाही प्रक्रिया अगाडी बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी नायव निरीक्षक सुवेदीले यही कार्तिक ४ गते निर्वाचन सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरु पुर्‍याई कार्यालय फर्कने क्रममा दिइएको जिम्मेवारी सही ढंगले निर्वाह नगरेपछि सवारी दुर्घटना हुन पुगेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यस्तै गत असोज २० गते भारतीय भूमिमा मृत्त अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवको घटनामा प्रारम्भिक छानवनि गर्दा विभागीय नीति तथा आदेश विपरीत कार्य गरेको देखिएकाले सशस्त्र प्रहरी नायव निरीक्षक मगरलाई पनि निलम्बन गरिएको हो ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.