• Trending:

विप्लव नेकपाले चुनाव विथोल्ने

विप्लव नेकपाले चुनाव विथोल्ने

Economist Nepal

Tue, Kartik 15 2079

विप्लव नेकपाले चुनाव विथोल्ने


१५ कार्तिक २०७९, मंगलवार

biplaw comred

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको विरुद्धमा लाग्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले कात्तिक ४ गते बसेको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले निर्वाचनलाई सशक्त प्रकारले खारेज गर्ने निर्णय गरेको बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

निर्वाचनविरुद्धमा भण्डाफोर, पर्चा वितरण, जुलुस र सभा आयोजना गरी निर्वाचनमा भाग नलिन जनताहरूलाई अपिल गर्ने उनले जानकारी दिए । चुनाव खारेज अभियानलाई सहयोग पुग्ने गरी केन्द्रीय सामना परिवारबाट सांस्कृतिक अभियान सञ्चालन गर्ने निर्णय पनि नेकपाले गरेको छ ।

city
ncll 2

बैठकले २९ सदस्यीय पोलिटब्युरो र ६ सदस्यीय स्थायी समितिको निर्वाचन गरेको छ भने केन्द्रीय समितिको प्रवक्तामा खड्गबहादुर विश्वकर्मालाई नियुक्त गरेको छ । त्यस्तै, नवौँ महाधिवेशनसँग सम्बन्धित आर्थिक हिसावकितावलाई कात्तिक मसान्तसम्म केन्द्रित गरेर बन्द गर्ने निर्णय भएको स्थायी कमिटी सदस्य बुढामगरले जानकारी दिए ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.