• Trending:

राष्ट्रपतिमा पराजित बोल्सोनारोको समर्थनमा प्रदर्शन, ट्रक तेर्स्याएर राजमार्ग अवरुद्ध

राष्ट्रपतिमा पराजित बोल्सोनारोको समर्थनमा प्रदर्शन, ट्रक तेर्स्याएर राजमार्ग अवरुद्ध

Economist Nepal

Wed, Kartik 16 2079

राष्ट्रपतिमा पराजित बोल्सोनारोको समर्थनमा प्रदर्शन, ट्रक तेर्स्याएर राजमार्ग अवरुद्ध


१६ कार्तिक २०७९, बुधबार

unnamed

रियो दि जेनेरियो । ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोको समर्थनमा ट्रक चालक र अन्य प्रदर्शनकारीहरूले राजमार्ग अवरुद्ध गरेका छन् ।

सोमबार सम्पन्न निर्वाचनमा पराजय चाखेका बोल्सोनारोको समर्थकहरुले लगातार दोस्रो दिन मंगलबार राजमार्ग अवरुद्ध गरेका हुन् । निर्वाचनमा वामपन्थी नेता लुइज इनासिओ लुला दा सिल्भा विजयी भएका छन् । अर्कोतर्फ बोल्सोनारोले आफ्नो पराजय स्वीकार गरेका छैनन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ब्राजिलका २७ राज्यमध्ये २३ राज्यमा २५० भन्दा बढी अवरोध खडा गरिएका संघीय राजमार्ग प्रहरी (पीआरएफ)ले जनाएको छ । सोमबार राति प्रदर्शनकारीले देशको मुख्य अन्तर्राष्ट्रिय हव साओ पाउलोको गुआरुलहोस विमानस्थलबाहिरको सडक अवरोध गर्दा उडानहरू रद्द भएका थिए ।

city
ncll 2

त्यसपछि यी प्रदर्शन तितरवितर भएका छन् । रियो दि जेनेरियोलगायतका प्रमुख सहर जाने मार्ग पनि अवरोध भएका थिए । ‘साओ पाउलोको एउटा पुलमा ‘लुला चाहिँदैन’ लेखेको व्यानर टाँसिएको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.