• Trending:

भिक्टोरिया प्लेजेनमाथि बार्सिलोनाको ४–२ गोलको रोमाञ्चक जीत

भिक्टोरिया प्लेजेनमाथि बार्सिलोनाको ४–२ गोलको रोमाञ्चक जीत

Economist Nepal

Wed, Kartik 16 2079

भिक्टोरिया प्लेजेनमाथि बार्सिलोनाको ४–२ गोलको रोमाञ्चक जीत


१६ कार्तिक २०७९, बुधबार

barsa

काठमाडौं । च्याम्पियन्स लिगमा बार्सिलोनाले भिक्टोरिया प्लेजेनमाथि ४–२ को रोमाञ्चक जीत हासिल गरेको छ । प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेको बार्साका लागि मार्कोस अलोन्सोले खेलको छैटौँ मिनेटमा नै गोल गरेका थिए ।

पहिलो हाफको अन्त्यतिर जोर्डी अल्बाको पासमा फेरान टोरेसले टोलीको अग्रता दोब्बर बनाए । तर, दोस्रो हाफको सुरुवातमा नै टोमस चोर्यीले पेनाल्टीबाट भिक्टोरियाका लागि गोल फर्काए । तीन मिनेटपछि नै टोरेसले गोल गर्दै बार्सालाई पुनः दुई गोलको अग्रता दिलाए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

६३ औं मिनेटमा चोर्यीले दोस्रो गोल गर्दै भिक्टोरियालाई खेलमा फर्काउने प्रयास गरे । तर ७५ औं मिनेटमा पाब्लो टोरेले गोल गर्दै बार्साको जीत सुनिश्चित गरे ।

city
ncll 2

समूहको सीकै अर्को खेलमा बायर्न म्युनिखले इन्टर मिलानलाई २–० गोलले हरायो । बायर्नको जीतमा बेन्जामिन पाभार्ड र एरिक म्याक्सिम चुपो मोटिङले एक–एक गोल गरे । समूहमा बायर्न १८ अङ्कसहित शीर्ष स्थानमा रह्यो भने इन्टर १० अङ्कसहित दोस्रो बन्यो । तेस्रो बनेको बार्साले अब युरोपा लिग खेल्नेछ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.