• Trending:

टोटनहम र फ्रयांकफर्ट अन्तिम १६ मा

टोटनहम र फ्रयांकफर्ट अन्तिम १६ मा

Economist Nepal

Wed, Kartik 16 2079

टोटनहम र फ्रयांकफर्ट अन्तिम १६ मा


१६ कार्तिक २०७९, बुधबार

Totamham

काठमाडौं । युईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा विजयी हुँदै टोटनहम र फ्रयांकफर्ट समूह डी बाट अन्तिम १६ मा प्रवेश गरेका छन् । क्लेमन्ट लेङलेट र पिइरी इमाइल होजबर्गको समान एक एक गोल मद्दतमा टोटनहमले मार्सेलीलाई २–१ ले निराश पार्याे । फ्रेन्च लिग वान क्लबविरुद्ध अंक बाँडेमा मात्र पनि टोटनहमलाई नकआउट चरणमा प्रवेश गर्न सफल हुने थियो ।

टोटनहमले सन् २०१९–२० पछि च्याम्पियन्स लिगको समूह चरण पार गरेको पहिलो पटक हो । यस्तै, फ्रयांकफर्टले अन्तिम १६ को टिकट काट्ने क्रममा स्पोर्टिङ लिस्बनलाई २–१ ले हरायो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

६ खेलमा ११ अंक जोेडेको टोटनहम समूह डी को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्दा फ्रयांकफर्ट १० अंकसहित समूह उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गर्यो । तेस्रो स्थानको स्पोर्टिङ लिस्बनको सात अंक रह्यो भने चौथो स्थानको मार्सेलीको ६ अंक रह्यो । दुबै क्लब समूह चरणबाट माथि बढ्न सकेनन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.