• Trending:

हिमालयले भैरहवाबाट मलेसिया चार्टर उडान गर्ने

हिमालयले भैरहवाबाट मलेसिया चार्टर उडान गर्ने

Economist Nepal

Wed, Kartik 16 2079

हिमालयले भैरहवाबाट मलेसिया चार्टर उडान गर्ने


१६ कार्तिक २०७९, बुधबार

himalaya airliance2021 07 07 05 36 51

काठमाडौँ : हिमालय एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुवाहक चार्टर उडान गर्ने भएको छ । । हिमालयले काठमाडौं–क्वालालम्पुर–भैरहवा र भैरहवा–क्वालालम्पुर–काठमाडौं रुटमा चार्टर उडान थाल्ने भएको हो ।

चिनियाँ र यति एयरलायन्सको लगानी भएको हिमालय एयरलायन्सले बिहीबारदेखि भैरहवाबाट मेलेसिया उडान गर्ने भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार ८ वटा चार्टर उडानको अनुमति दिएको हो । प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार हिमालयले नियमित उडानमा जानुअघि भैरहवाबाट चार्टर उडानका लागि मंगलबार अनुमति मागेको थियो । त्यही अनुसार प्राधिकरणले बिहीबारदेखि नै उडान गर्न अनुमति दिएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

मलेसियासँग नेपाल सरकारले भैरहवाबाट व्यवसायिक उडान गर्ने सम्झौता नगरेसम्म उसले चार्टरकै अनुमति लिई मलेसिया उडान गर्नेछ । हिमालयको काठमाडौंबाट मलेसियाको क्वालालमपुर लागि उडेको जहाज भैरहवा फर्किने छ । त्यहाँबाट यात्रु लिएर पुनस् मलेसिया पुगेर त्यही जहाज काठमाडौं फर्किने अनुमति छ । यसका लागि हिमालयले दुई सेट चालकदल राख्नुपर्ने छ । जसमध्ये एक सेट पहिल्यै मलेसियामा रहनेछ ।

city
ncll 2

प्राधिकरणले हाल हिमालयलाई काठमाडौंबाट सातामा १० वटा उडानको अनुमति दिएको छ भने नेपाल वायुसेवा निगमले सातामा ५ वटा उडानको अनुमति पाएको छ । प्राधिकरणसँग हिमालयले सातामा १४ वटा उडान मागेको थियो भने निगमले ७ वटा मागेको थियो ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.