• Trending:

राजनीतिक दल र उम्मेदवारले आजदेखि चुनावी प्रचारप्रसार गर्न पाउने

राजनीतिक दल र उम्मेदवारले आजदेखि चुनावी प्रचारप्रसार गर्न पाउने

Economist Nepal

Thu, Kartik 17 2079

राजनीतिक दल र उम्मेदवारले आजदेखि चुनावी प्रचारप्रसार गर्न पाउने

र्‍यालीमा बढीमा १० वटा मात्र राष्ट्रिय झण्डा प्रयोग गर्न पाइने


nirbachan aayog

काठमाडौं । राजनीतिक र उम्मेदवारले आज (बिहीबार) देखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १७ दिन अघि (आज) देखि निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइनेछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उमेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ’, आयोगले यसअघि गरेको विज्ञप्तिमा उल्लेख थियो, ‘उक्त दफा १३ को (म)मा उमेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको हुँदा यही कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म सोबमोजिम निर्वाचन प्रचारप्रसारसमेत गर्न सकिने व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।’

city
ncll 2

जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने र कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने आचारसंहितामा उल्लेखित व्यवस्था रहेको आयोगले जनाएको छ ।

jagdamba.cement
nepal liquors
1 1

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.