• Trending:

गौतमबुद्ध विमानस्थलबाट १३८ यात्रुसहित हिमालयन एयरलाइन्सको मलेशिया उडान

गौतमबुद्ध विमानस्थलबाट १३८ यात्रुसहित हिमालयन एयरलाइन्सको मलेशिया उडान

Economist Nepal

Thu, Kartik 17 2079

गौतमबुद्ध विमानस्थलबाट १३८ यात्रुसहित हिमालयन एयरलाइन्सको मलेशिया उडान


१७ कार्तिक २०७९, बिहीबार

Gautam Buddha airport scaled

भैरहवा । हिमालयन एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडान थालेको छ । काठमाडौंको ट्राभल एजेन्सीले गरेको चार्टर बुकिङ हिमालयनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार दिउँसो उडान गरेको हो ।

नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएपछि हिमालयनले पहिलो चार्टर उडान क्वालालम्पुरका लागि गरेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडाउने भए पनि एयरलाइन्सले यात्रुहरुलाई भैरहवाबाट उडाएको हो । एयरलाइन्सले यात्रुहरुलाई चार वटा गाडीमार्फत भैरहवा ल्याएको थियो । जहाजले आजै यहाँबाट १३८ जना यात्रु मलेसिया लैजानेछ । उडान समयतालिका १ः५० बजे रहे पनि पहिलो दिन भएकाले आज केही ढिलो भएको कम्पनीले जनाएको छ ।

city
ncll 2

हिमालयले अब नियमितजसो अन्तर्राष्ट्रिय उडान उक्त विमानस्थलबाट गर्नेछ । काठमाडौंबाट क्वालालम्पुर, त्यहाँबाट भैरहवा, भैरहवाबाट क्वाललम्पुर र क्वाललम्पुरबाट काठमाडौंसम्म उडान भर्नेछ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.