• Trending:

नारायणकाजीको नेतृत्वमा माओवादीले बनायो निर्वाचन घोषणापत्र तयारी समिति

नारायणकाजीको नेतृत्वमा माओवादीले बनायो निर्वाचन घोषणापत्र तयारी समिति

Economist Nepal

Sat, Bhadra 4 2079

नारायणकाजीको नेतृत्वमा माओवादीले बनायो निर्वाचन घोषणापत्र तयारी समिति

नारायणकाजीको नेतृत्वमा माओवादीले बनायो निर्वाचन घोषणापत्र तयारी समिति

kharibot

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी आमनिर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा घोषणापत्र तयारी समिति बनाएको छ ।

माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

उपाध्यक्ष महराका अनुसार घोषणापत्र तयारी समितिमा देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोखरेल, गणेश साह, हरि रोका, परशुराम रम्तेल, जाकिर हुसेन, परशुराम तामाङ, भीमा ढुंगाना, जगत सिंखडालगायत छन् ।

महराले भने, ‘आगामी निर्वाचनका लागि हामीले आजको बैठकबाट घोषणापत्र तयार गर्न एउटा टिम बनाएका छौं । गठबन्धनको तर्फबाट पनि तयारी भइरहेको छ । हाम्रो एउटा मस्यौदा तयार होस भनेर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ जनाको टिम बनाएका छौं ।’

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.