लेस्टरमाथि साउथहम्पटनको पुनरागमन जित
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत साउथहम्पटनले लेस्टर सिटीलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा साउथहम्पटनले लेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको ५४औ मिनेटमा जेम्स माडिसनको गोलमा अग्रता लिएको लेस्टरले अग्रता जोगाउन नसक्दा खेल हारेको थियो ।
साउथहम्पटनले खेलको ६८औ र ८४औं मिनेटमा चे एडम्सको गोलमा पुनरागमन जित हासिल गरेको हो ।
यो जितपछि साउथहम्पटनको ३ खेलमा एक जित, एक बराबरी र एक हारसहित ४ अंक भएको छ । त्यस्तै लेस्टर सिटीको भने यस सिजनमा खराब शुरुवात भएको छ । लेस्टरले यस सिजनमा खेलेका तीन खेलमा एक बराबरी र २ हार बेहोरेको छ ।
आजै सम्पन्न खेलमा फुलह्यामले ब्रेन्टफोर्डलाई ३-२ गोलअन्तरले पराजित गरेको छ भने क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले पराजित गरेको छ । त्यसैगरी एभर्टन र नोर्टिंगघम फोरेस्टसँग १-१ गोलको बराबरी खेलेको छ ।