• Trending:

प्राधिकरणले थाल्यो टांगिया बस्तीमा विद्युत मिटर जडान प्रक्रिया

प्राधिकरणले थाल्यो टांगिया बस्तीमा विद्युत मिटर जडान प्रक्रिया

Economist Nepal

Thu, Bhadra 9 2079

प्राधिकरणले थाल्यो टांगिया बस्तीमा विद्युत मिटर जडान प्रक्रिया


प्राधिकरणले थाल्यो टांगिया बस्तीमा विद्युत मिटर जडान प्रक्रिया



kharibot

बारा  । नेपाल विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रले जीतपुरसिमरा उपमहानगरपालिका-१६ स्थित टांगिया बस्तीमा विद्युत मिटर जडान गर्ने प्रक्रिया थालेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका कारण लामो समयदेखि न्यूनतम आवश्यकताका पूर्वाधारबाट समेत वञ्चित टांगिया बस्तीमा केन्द्रले विद्युत सुविधा उलपब्ध गराउन लागेको हो ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारी योजनाका कारण टांगिया बस्तीमा विधुतिकरण हुन सकेको थिएन् ।

विमानस्थल निर्माणको काम सुरु नहुँदासम्म टांगियाका स्थानीयलाई विद्युत सेवा उपलब्ध गराउनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहलमा विद्युतीकरण भएको हो ।

विद्युतीकरण सुरु हुनुअघि ऊर्जामन्त्री पम्फा भुसाल, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले टोलीले टांगियाको निरीक्षण गरेको थियो ।

पहिलो चरणमा विद्युतीकरण गर्ने काम सम्पन्न गरेको केन्द्रले अब मिटर जडानको प्रक्रिया सुरु गरेको छ । मिटर जडानका लागि एक सय रुपैया तिरेर सिमरा र निजगढमध्ये एक ठाउँमा आवेदन दिन सकिने सिमरा वितरण केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.