• Trending:

हतकडी लगाएका व्यक्ति खोलामा हाम फालेर फरार

हतकडी लगाएका व्यक्ति खोलामा हाम फालेर फरार

Economist Nepal

Fri, Bhadra 10 2079

हतकडी लगाएका व्यक्ति खोलामा हाम फालेर फरार


हतकडी लगाएका व्यक्ति खोलामा हाम फालेर फरार



kharibot

धनगढी  । कैलालीमा एक व्यक्ति हत्कडि सहित खोलामा हामफालेर फरार भएका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुर गाउँपालिका–४ का २८ वर्षीय शंकर चौधरी हत्कडि सहित खोलामा हाम फालेर फरार भएका हुन् । 

फरार भएका चौधरीलाई उनका बुबा शम्भु चौधरीले कुटपिट गरेको अभियोग लगाएपछि प्रहरीले पक्राउ गरेको हो । 

शुक्रबार पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय जोशीपुरमा लैजाने क्रममा पथरैया खोलामा हाम फालेर उनी फरार भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

उनको खोजिकार्यका लागि इलाका प्रहरी कार्यालय जोशीपुर र इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी टोली परिचालन गरिएको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.