• Trending:

सिद्धार्थ बैंकको सेवा तीन दिन प्रभावित हुने

सिद्धार्थ बैंकको सेवा तीन दिन प्रभावित हुने

Economist Nepal

Thu, Bhadra 16 2079

सिद्धार्थ बैंकको सेवा तीन दिन प्रभावित हुने

सिद्धार्थ बैंकको सेवा तीन दिन प्रभावित हुने

kharibot

काठमाडौं । सिद्धार्थ बैंकको बैंकिङ सेवा तीन दिन प्रभावित हुने भएको छ ।

बैंकले हाल प्रयोग गरिरहेको प्राथमिक बैंकिङ प्रणालीलाई परिवर्तन गरी थप सुविधा प्रयोगमा ल्याउन तीन दिन बैंकिङ सेवा पूर्ण रूपमा बन्द रहने जनाएको हो । 

बैंकका अनुसार प्राथमिक बैंकिङ प्रणाली परिवर्तनपश्चात् ग्राहकहरूले हाल कायम रहेको खाता नम्बरबाटै साविकबमोजिम कारोबार गर्न सक्ने छन् ।

उक्त दिनहरुमा गर्नुपर्ने अत्यावश्यक बैंकिङ कारोबार उल्लेखित मितिअगावै गरी सहयोग गरिदिनसमेत बैंकले आग्रह गरेको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.