• Trending:

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

Economist Nepal

Fri, Bhadra 17 2079

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु


सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु



kharibot

सिरहा । सिरहाको नरहा गाउँपालिका-५ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

घरमै रहेको पानी तान्ने मोटरको तार विद्युतीय बोर्डमा जोड्ने क्रममा करेन्ट लागेर स्थानीय २२ वर्षीय सुनिल यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर सख्त घाइते भएका यादवलाई तत्काल सिरहाको धनगढीमाई नगरपालिका-९ स्थित आरके मेरीसीटी अस्पताल पुर्‍याइएको थियो ।

उनलाई लगत्तै अस्पतालले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । शव पोष्टमार्टमका लागि लहान अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.