• Trending:

राष्ट्रियसभाको चार विषयगत समितिका सभापति निर्बिरोध

राष्ट्रियसभाको चार विषयगत समितिका सभापति निर्बिरोध

Economist Nepal

Wed, Bhadra 22 2079

राष्ट्रियसभाको चार विषयगत समितिका सभापति निर्बिरोध


राष्ट्रियसभाको चार विषयगत समितिका सभापति निर्बिरोध



kharibot

काठमाडौँ । राष्ट्रिय सभाको चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि एक एक जना सांसदको उम्मेदवारी परेको छ ।

चारै समितिमा एक एक जनाको मात्र उम्मेदवारी परेकाले चारै समितिको सभापति निर्बिरोध भएका छन् ।

राष्ट्रिय सभा अध्यक्षको सचिवालयका अनुसार राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जना माननीय सदस्यहरूको उम्मेदवारी परेको हो ।

जसमा दिगो विकास तथा सुशासन समितिको सभापतिका लागि प्रकाश पन्थको उम्मेदवारी परेको छ भने विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसालको उम्मेदवारी परेको छ । त्यस्तै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिका लागि मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिका लागि दिल कुमारी रावल थापा (पार्वती) को उम्मेदवारी परेको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.