• Trending:

महिला साफ: पाकिस्तानमाथि भारतको शानदार जित

महिला साफ: पाकिस्तानमाथि भारतको शानदार जित

Economist Nepal

Wed, Bhadra 22 2079

महिला साफ: पाकिस्तानमाथि भारतको शानदार जित


महिला साफ: पाकिस्तानमाथि भारतको शानदार जित



kharibot

काठमाडौँ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत समुह चरणको खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ ।

बुधबार काठमाडौँस्थित दशरथ रंगशालामा सम्पन्न भएको खेलमा भारतले पाकिस्तानलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

भारतको जितमा खेलको १९औँ मिनेटमा पाकिस्तानकी खेलाडी मारिया जम्ला खानले  आत्मघाती गोल गरेकी थिइन् भने दोस्रो गोल खेलको २२औँ मिनेटमा डाङमी ग्रेसले गरेकी थिइन् । त्यस्तै भारतका लागि तेस्रो गोल  खेलको ९४औं मिनेटमा सौम्या गुगुलोथले गरेकी थिइन् ।

समुह ए मा रहेको भारतले योसँगै साफ च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । भारतले अब अर्को खेल माल्दिभ्सविरुद्ध सेप्टेम्बर १० मा खेल्ने छ ।

प्रतियोगिता अन्तर्गत अब अर्को खेल आगामी शुक्रबार समुह बि का श्रीलंका र भुटानबीच हुने छ । साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छन् । सहभागी सातवटै राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा नेपालसहित श्रीलङ्का र भुटान छन् ।

 

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.