• Trending:

कोरोना अपडेट– थप २३० जना संक्रमित, दुई जनाको मृत्यु  

कोरोना अपडेट– थप २३० जना संक्रमित, दुई जनाको मृत्यु  

Economist Nepal

Wed, Bhadra 22 2079

कोरोना अपडेट– थप २३० जना संक्रमित, दुई जनाको मृत्यु  

कोरोना अपडेट– थप २३० जना संक्रमित, दुई जनाको मृत्यु  

kharibot

काठमाडौ । देशभर पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ३८३६ जनामा परीक्षण गर्दा २३० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यस्तै १९५६ नमुनाको पीसीआर परीक्षण गर्दा १२८ जनामा र १८८० नमुनाको एन्टिजेन परीक्षण गर्दा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । 

त्यसैगरी पछिल्लो २४ घण्टामा ७८ जना संक्रमित निको भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ५ पुगेको छ । 

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको  मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा १२ हजार ९  जनाको मृत्यु भएको छ ।  

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.