• Trending:

प्रभु बैंक र डिश मिडिया नेटवर्कबीच सेवा विस्तार तथा छुटसम्बन्धि सम्झौता

प्रभु बैंक र डिश मिडिया नेटवर्कबीच सेवा विस्तार तथा छुटसम्बन्धि सम्झौता

Economist Nepal

Wed, Bhadra 22 2079

प्रभु बैंक र डिश मिडिया नेटवर्कबीच सेवा विस्तार तथा छुटसम्बन्धि सम्झौता

प्रभु बैंक र डिश मिडिया नेटवर्कबीच सेवा विस्तार तथा छुटसम्बन्धि सम्झौता

kharibot

काठमाडौँ । प्रभु बैंक लिमिटेड र डिश मिडिया नेटवर्कबीच विभिन्न सेवाहरुमा थप सुविधा र छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा  बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र डिश मिडिया नेटवर्कका तर्फबाट सेल्स विभागका प्रमुख रमेश सापकोटाद्घारा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । 

प्रभु बैंक र डिश मिडिया नेटवर्कबीच सम्पन्न  सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले डिश होम टी.भी  र डिश होम फाइबर नेटको सेवामा थप सुविधा प्राप्त गर्ने भएका छन् भने डिश मिडिया नेटवर्कका सम्पूर्ण कर्मचारी,डिलर तथा ग्राहक महानुभावहरुले  प्रभु बैंकमा  खाता खोली बैंकिङ्ग कारोबार गर्दा बैंकले प्रदान गर्ने बिभिन्न सेवा तथा सुविधामा आकर्षक छुट प्राप्त गर्ने व्यवस्था मिलाईएको छ ।

यस सम्झौताबाट बैंकका निक्षेपकर्ताहरु तथा डिश मिडियाका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.