• Trending:

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदै

Economist Nepal

Thu, Bhadra 23 2079

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदै


आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदै



kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । छपन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवस बिहीबार नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने आदर्श वाक्य तय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्याङ्कनको मापनसहितको प्रतिवेदन दिवसकै अवसरमा बिहीबार सार्वजनिक गर्दैछ ।

युनेस्कोले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो । नेपालमा यही दिवसका दिन राष्ट्रिय शिक्षा दिवस मनाइएको भए पनि गत तीन वर्षअघि स्थगन भएको राष्ट्रिय शिक्षा दिवसको नयाँ मिति तर्जुमा गर्ने तयारी भइरहेको छ ।

 

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.