टोटनह्यामको जितमा रिचार्लिसनको दुई गोल
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत टोटनह्यामले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामले फ्रेन्च क्लब मार्सेलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
टोटनह्यामको जितमा रिचार्लिसनले दुवै गोल गरेका थिए ।
रिचार्लिसनले खेलको ७६औँ र ८१औ मिनेटमा गोल गर्दै टोटनह्यामलाई शानदार जित दिलाएका थिए । रिचार्लिसन यसै सिजनको शुरुवातमा एभर्टन छोडेर टोटनह्याम आएका थिए ।
यस खेलमा खेलको ४७औं मिनेटमा चान्सेल एम्बेम्बा मान्गुलुले रातो कार्ड पाएपछि मार्सेली १० खेलाडीमा सिमित भएको थियो ।
समुह डी मा रहेको टोटनह्यामले यो जितपछि ३ अंक हासिल गरेको छ ।
Comments
Related News